प्रदेश १ मा ७ कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मितिः बैशाख २१, २०७८
  • उज्यालो प्रदेश
alt

मोरंग । पछिल्लो १२ घण्टामा प्रदेश १ मा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङमा २ जना, सुनसरीमा १ जना र झापामा १ जनाको मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा चार जनाको र एक जनाको बेलबारीमा होम आइसोलेसनमा मृत्यु भएको छ । यस्तै एक जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना र झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये दुई जना महिला र पाँच जना पुरुष रहेका छन् । मोरङको बेलबारीका एक, विराटनगरका एक, सुनसरीको धरानका एक, इलामका एक, झापाका एक र सप्तरीका दुई जनाको मृत्यु भएको हो ।बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । पूर्वप्रहरी सहायक निरीक्षक उनको बिहान ४ बजेतिर मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

नोबेलमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो । श्वासप्रश्वासमा समस्या आएर अवस्था गम्भीर बन्दै गएको उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अवस्था गम्भीर रहेका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो ।

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको छ । परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि गत वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ४ः१५ बजेतिर मृत्यु भएको हो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

यसैगरि सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । दमको समस्या रहेका बृद्धको बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै प्रदेश २ को सप्तरी हनुमाननगर–कङ्कालीनी–२ का ३५ वर्षीय पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि वैशाख १७ गते नोबेल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उता झापाको बिएण्डसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । ६ दिनअघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका झापाको शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय बृद्धको मृत्यु भएको हो ।

काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि हेलिकप्टरबाट बिएण्डसी अस्पताल ल्याइएको थियो । मृतकका परिवार सदस्यका अनुसार उनको सोमबार साँझ मृत्यु भएको हो ।
यसैगरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरकिा कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका १, सप्तरीका ५० वर्षीय पुरुष छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएका उनको मंगलबार विहान ५ः१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्य दीर्घरोगी थिए ।

यसैबीच मोरङ लेटाङ २ स्थित फँडानीमा १३ जना संक्रमित शिल पुष्टि भएपछि गाउँलाई शिल गरिएको छ ।

लेटाङ नगरपालिकाले फँडानीमा शिल गरी संक्रमितको परिवार र उनीहरुसँगको सम्पर्कमा आएका मानिसको पहिचानका लागि कन्ट्रयाक ट्रेसिङको गर्ने काम थालिएको लेटाङ नगरपालिका स्वास्थ्य शाखाको संयोजक महेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधान ...

रिहानाको बोल्ड लुक्स

एजेन्सी न्युयोर्क । हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पा ...

असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने तयारी

रासस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो ब ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved