पत्रकार महासंघको निर्वाचनमा ९० प्रतिसत मत, प्रदेश १ मा खस्यो १४८६ मत

  • प्रकाशित मितिः चैत्र २५, २०७७
  • उज्यालो प्रदेश
alt

काठमाडौं : नेपाल पत्रकार महासंघको मतदान सकिएको छ । बुधबार देशभर भएको मतदानमा ९० प्रतिशतभन्दा बढी मतदान भएको केन्द्रीय निर्वाचन समिति संयोजक कपिल काफ्लेले जानकारी दिए ।

उनले महासंघका तीनै तहमा निर्वाचन उत्साहजनक सम्पन्न भएको जानकारीसमेत दिएका छन् । देशभरका ९७ केद्रमा भएको निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

केही स्थानको मतगणना सुरु भएको काफ्लेको भनाइ छ । ‘आज २५ गते चैत्रमा पत्रकार महासंघका तीनै तहको निर्वाचन उत्साहजनक तरिकाले सम्पन्न भयो । देशभर ९७ केन्द्रमा चलेको निर्वाचनमा अधिकांश निर्वाचन समितिले निर्वाचन सम्पन्न भएको जानकारी दिनुभएको छ भने केहीले मतगणना पनि सुरु गरेको बताउनुभएको छ’, काफ्लेले भने, ‘९० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान छ ।

 नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेशका ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ भने ताप्लेजुङमा ६० मतदातामध्ये ५३ मत खसेको छ । त्यस्तै सुनसरीमा २६२ मध्ये २४८ मत खसेको छ ।

धनकुटामा १५५ मा १२२ मत खसेको छ भने झापामा २६३ मा २५६ मत खसेको छ । त्यस्तै पाँचथरमा ८२ मत खसेको छ । त्यहाँ मतदाता संख्या ८५ रहेको थियो । उता इलाम र उदयपुरमा क्रमशः १५५ र ९६ मत खसेको छ । इलाममा १७५ र उदयपुरमा १०१ जना मतदाता रहेका थिए ।

त्यस्तै तेह्रथुममा ८२ मतदातामध्ये ६८ मत खसेको छ भने भोजपुरमा ४६ मतदातामध्ये ३८ मत खसेको छ । यता, सोलुखुम्बुमा ६६ जना मतदातामा ६० जनाले मतदान गरेका छन् । ओखलढुंगामा ५० मध्ये ४७ मत खसेको छ । खोटाङमा २६ मतदातामध्ये २६ मत खसेको छ भने संखुवासभामा ३९ मतदातामा ३६ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस

ओलीले दुइबुँदे प्रतिबद्धता जनाए विश्वासको पक्षमा मतदान गर्न नेपाल समुह तयार

दुईबुँदे प्रतिबद्धताको माग अघि सार्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँग सहमतिको रोड्म्याप तयार पारेका छन् । ...

केराबारीमा आइतबार ६ जनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १८ पुग्यो

 केराबारी । मोरंगको केराबारी गाउँपालिकामा आइतवार थप ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । केराबारी गाउँपालिका स्तरीय स्वास्थ्य शाखाका अनुसार वडा न ...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा भोलि हुने मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved