बेलबारीमा कार्यरत शाह उत्कृष्ट ट्राफिक प्रहरी घोषित

  • प्रकाशित मितिः मंसिर ९, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । बेलबारीमा कार्यरत ट्राफिक प्रहरी पोस्टका सहायक निरीक्षक प्रेमकुमार साह कात्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
बेलबारीको ट्राफिक पोस्टको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका साह कात्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । विभागीय निर्देशनको पूर्ण रूपमा पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तबरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबलका साथ काम गरेको, सरोकारवाला निकायसँग सहकार्य गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गरेको, बिग्रेका सिसी टिभी क्यामराहरूको जडान तथा मर्मत गरी सवारी दुर्घटनामा कमी ल्याउन विशेष योगदान दिएकाले उनको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै सालाई ‘कात्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको बताइएको छ ।१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले १ नम्बर प्रदेशभरिका ट्राफिक प्रहरीहरूमध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved