आजदेखि सुरु हुँदै लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान

  • प्रकाशित मितिः मंसिर ९, २०७८
  • उज्यालो प्रदेश
alt

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानको सफताको कामना गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्।

‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आजदेखि देशव्यापाी रुपमा अभियान सञ्चालन गर्न लागिएको हो।

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

७५ प्रतिशत हिंसा घर परिवार र नजिकका आफन्तबाट हुने गरेकाले यस वर्ष ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारा तय गरिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन्। हिंसामा परेकाहरुको न्याय सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरु हिंसाविरुद्ध उजुरी गर्न समेत नजाने गरेका उनको भनाई छ।

अभियानको अवधिमा विश्व अपाङ्गता दिवस (३) डिसेम्बर का दिन अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने, नेपाल पक्ष रहेका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी ‘सीड’ तथा अन्य अन्तर्राष्ट्रिय दस्तावेजहरुको कार्यन्वयन सम्बन्धी अन्तक्रिया गर्ने, समाजमा विद्यमान छाउपडी कूप्रथा, बालविवाह, दाइजो लगायत कूप्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने योजना आयोगले बनाएको छ।अभियानको अवधिमा विभिन्न गैर सरकारी संस्थाहरुले पनि जनचेतनामूलक कार्यक्रम गर्दैछन्।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved