सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा लागु गरिने, बिहीबार फुलकोर्ट बस्दै

  • प्रकाशित मितिः मंसिर ८, २०७८
  • उज्यालो प्रदेश
alt

सर्वोच्च अदालतमा आगामी मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दा सुनुवाइ अघि बढाउने निर्णय न्यायाधीशहरुले गरेका छन्।

सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुको समूहले मंसिर १५ देखि गोलाप्रथालाई कार्यान्वयनमा लैजाने निर्णय लिएका हुन्।गोलाप्रथा कार्यन्वयन गर्ने निर्णय गरको न्यायाधीशहरुबीच बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक राख्ने निर्णय पनि गरेका छन्।

यसअघि नै सर्वोच्चमा गोलाप्रथासम्बन्धी नियम लागु गर्नका लागि न्यायाधीशहरु छलफलमा जुटेका थिए। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयनका क्रममा गोलाप्रथा लागु गर्न लागिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित न्यायाधीशहरुको यसअघि बसेको फुलकोर्ट बैठकले गोलाप्रथा कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।सर्वोच्च अदालत नियमावली दोस्रो संशोधन सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ। बिहीबारको फुलकोर्टको निर्णयपछि यो कार्यान्वयन जाने भएको हो।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved