सप्तरीको राजविराजमा घाँटी रेटेर वृद्धको हत्या

  • प्रकाशित मितिः मंसिर ८, २०७८
  • उज्यालो प्रदेश
alt

राजविराज । सप्तरीमा ८० वर्षीय जेष्ठ नागरिकको बुधबार हत्या भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८० वर्षीय मिश्रिलाल मण्डलको अपरिचित व्यक्तिले हत्या गरेको स्थानीय कृष्णा मण्डलले जानकारी दिए।

खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले समेत पुष्टि गरेको छ। छिन्नमस्ता सडक खण्डको झौखराही फुलबारीमा शव रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेको छ।

ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन भएको छ। शव भेटिएको घटनास्थल, पीडित परिवार, सरोकारवाला निकायलगायतसँग भेट गरेर प्रहरीले आवश्यक अध्ययन सुरु गरेको छ।

अपराध अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरलाई समेत बोलाइएको डिएसपी काफ्लेले बताए। हत्याप्रकरणको सूक्ष्म अनुसन्धान हुने बताएका डिएसपी काफ्लेले आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने बताए।

 

 

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved