जसपा प्रदेश १ समायोजन सम्पन्न,अध्यक्षमा चाम्लिङ

  • प्रकाशित मितिः मंसिर ८, २०७८
  • उज्यालो प्रदेश
alt

दमक । जनता समाजवादी पार्टी नेपालको प्रदेश नम्बर १ स्तरीय समायोजन सम्पन्न भएको छ । मंगलबार जसपाको इटहरीस्थित प्रदेश कार्यालयमा पूर्व समाजावादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टीबीच प्रदेश १ मा सम्पन्न समायोजनले प्रवीण चाम्लिङको अध्यक्षतामा जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को १ सय ३३ सदस्सीय समिति घोषणा गरेको हो । पूर्व समाजवादीतर्फबाट १ सय १८ र पूर्व राजपातर्फबाट १५ जना गरी १ सय ३३ सदस्यीय समितिमा अध्यक्ष बाहेक समाजवादीका १० र राजपाका ४ पदाधिकारी छन् । घोषित १ सय ३३ सदस्यीय प्रदेश समितिमा ७ उपाध्यक्ष, १ मुख्य सचिव, ५ सचिव र १ कोषाध्यक्ष छन् । त्यस्तै सल्लाहकार प्रमुख, प्रदेश विज्ञ परिषद् प्रुमख, निर्वाचन आयोग प्रमुख, अनुशासन आयोग प्रमुख र लेखा आयोग प्रमुख गरी ५ निकायका प्रमुखहरुको हैसियत पनि पदाधिकारी सरह हुने जसपाको अन्तरिम विधानमा उल्लेख छ । कार्यक्रमका प्रमुख अतिथि जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश पार्टी समायोजन कार्यदलका सदस्य परशुराम बस्नेतले समायोजित समितिको नामावली घोषणासहित सपथ गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सुज अभियान प्रदेश नम्बर १ सदस्य सचिव समेत रहेको बस्नेतले पार्टीले संचालन गरिरहेको सुज अभियानमा सशक्त भएर लग्न प्रदेशका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिएका थिए । प्रवीण चाम्लिङको अध्यक्षतामा सम्पन्न समायोजन कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश मेहत्ताले स्वागत गरेका थिए भने जसपा केन्द्रीय सदस्य दिपक मेन्याङ्बोले जसपा निकट सुकुम्बासी समितिको प्रदेश १ स्तरीय समिति घोषणा गरेका थिए । त्यस्तै समायोजन कार्यक्रम सकिए लगत्तै बसेको जसपा प्रदेश नम्बर १ को बैठकले यसअघि पदाधिकारी बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको छ । मुख्य सचवि प्रुभराम श्रेष्ठले दिएको जानकारी अनुसार बैठकले झापाको भद्रपुरदेखि सुनसरीको भण्टाबारीसम्म हुलाकी मार्ग केन्द्रीय सुज अभियानको प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको आवश्यक समन्वय गर्ने जिम्मेवारी अध्यक्ष चाम्लिङलाई दिइएको छ । त्यस्तै बैठकले यसअघि मंसिर १ गते सम्पन्न पदाधिकारी बैठकले थप गरेका ८ जना प्रदेश सदस्यहरुको नामावली अनुमोदन गरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved