मूल्य वृद्धि फिर्ता गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • प्रकाशित मितिः मंसिर ८, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी० का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल ९क्रान्तिकारी०की अध्यक्ष पञ्चा सिंहले बताइन् । उनले भनिन्, ‘सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन प्रधानमन्त्रीले दिनुभयो।’

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएको उनको भनाइ थियो । पछिल्लो पटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved