केराबारीमा सुरु भयो सर्पदंश उपचार केन्द्र

  • प्रकाशित मितिः मंसिर ८, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । मोरङको केराबारी ६ याङशिलामा बुधबारबाट सर्पदंश उपचार केन्द्र संञ्चालनमा आएको छ ।
केराबारी ६ कालापानी स्थित कालीबक्स गण इन्जिनियरिङको हाता परिसर नजिकै नवनिर्मित कालोपानी सर्पदंश उपाचार केन्द्र संञ्चालनमा आएको हो ।

सर्पदंश उपचार केन्द्र संञ्चालन भयसंगै उत्तरी मोरंग लगायत केराबारी धरानको पानबारी सुन्दरहरैंचा नगरपालिका पश्चिम उत्तरका स्थानीय वासीहरुले प्रत्यक्ष लाभ पाउने भएका छन् । केराबारी गाउँपालिकाको आयोजना तथा स्थानीय समुदायका नागरिक र विभिन्न दाताहरु सहित गाउँकार्यपालिकाको सहयोगमा भवन निर्माण सम्पन्न पश्चात बुधबार बाट कालोपानी सर्पदंश उपचार केन्द्र औपचारिक कार्यक्रम गरी सर्पदंश उपचार केन्द्र संञ्चालनमा आएको हो ।

guest 1

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगत इपिडियोमोलोजी तथा रोगमहाशाखा विभागबाट २०७८ जेष्ठ २८ बाट संञ्चालन गर्ने गरी स्वीकृत पत्र प्राप्त भएपनि कोभिड दोश्रो भेरियन्सका कारण सेवा संञ्चालनमा केही समय ढिला भएको स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चम्लागाईले वताउँनुभयो ।

केराबारी गाउँपालिका वडा नं. ६ याङशिलामा पाँचकोठे भवन निर्माण गर्न स्थानीय नागरिक सहित विभिन्न दाताहरुबाट चन्दा संकलन गरिएको थियो । भवन निर्माणले पुर्णता पाएसंगै इपिडियोमोलोजी महाशाखा र स्वास्थ्य विभागबाट अनुगमन टोली आई निरीक्षण पश्चात संञ्चालनको अनुमति पाएको हो ।

सर्पदंश उपचार केन्द्रको भौतिक र प्राविधिक पक्ष कालिवक्स गण इन्जिनियरिङ विभागले हेर्ने र जनशक्ति तथा आवश्यक कर्मचारीको व्यवस्थापन गाउँपालिकाले गर्ने गरी सहमति भएको छ ।तराई भावर क्षेत्र अन्र्तगत चुरे क्षेत्रसंगै जोडिएको केराबारी धरान पानबारी लगायतको विभिन्न क्षेत्रमा वार्षिक सर्पदंशबाट आधा दर्जन वढीको मृत्यु हुदै आएको छ । उपचार सेवा सुचारु भएसंगै यस क्षेत्रका नागरिकले सर्पदंशको टोकाईबाट उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्ति पाएको गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेलले वताउनुभयो ।

39
कालोपानी सर्पदंश उपचार केन्द्रको उद्घाटनमा अतिथीहरु तस्बिर किशन शाही ।

rohit bdr karki pramukha atithi

कार्यक्रममा गाउँपालिका प्रमुख रोहित वहादुर कार्कीले आफनो हातले शिलान्यास गरि सुरु गरिएको भवनबाट स्वास्थ्य उपचार पाउने अवस्था आउनु आफ्नो र समग्र केराबारी वासीका लागि खुशीको कुरा भएको भन्दै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यकारी प्रमुख सुर्दशन दाहालले वर्षेनी सर्पदंशको उपचार अभावमा विश्वभर लाखौं मानिसको मृत्यु हुने गर्छ । केराबारी आसपासका क्षेत्रमा मात्र आधा दर्जन वढीले ज्यान गुमाइरहेको बेला आफ्नौ क्षेत्रमा सेवा प्रारम्भ हुनु यस क्षेत्रका नागरिकका लागि समेत सौभाग्य मिलेको छ । यसको संञ्चालनमा निरन्तरता दिनु चुनौति देखिएपनि पालिकाले सक्दो सहयोग गर्नेछ ।

वडा नं. ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा दाताहरुलाई सम्मान गरिनुका साथै स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रम समेत गरेर मनोरञ्जन प्रदान गरेका छन् । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि राजनीतिक दल लगायत स्थानीयको उपस्थिती रहेको सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता जंगराज भूजेलले स्वागत गरेका थिए ।

30
कालोपानी सर्पदंश उपचार केन्द्रको उद्घाटनमा नृत्य गर्दै स्थानीय सास्कृतिक टोली तस्बिर किशन शाही ।
28
भवन निर्माणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोहित कार्की सम्मान पत्र ग्रहण गर्दै तस्बिर किशन शाही ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved