मोरङ क्षेत्र नं ३ मा खड्काको अग्रता

  • प्रकाशित मितिः मंसिर ८, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र न। ३ बाट क्षेत्रीय सभापतिमा गणेशकुमार खड्काको अग्रता कायम रहेको छ । सभापतिका उमेद्वार खड्काले १४३ मत प्राप्त गर्दा राजेन्द्रप्रसाद ढकालले १०३ मत प्राप्त गरेका छन् । भने सभापति पदका अर्का उमेद्वार केशव दुलालले ८ मत प्राप्त गरेका छन् । २६३ मत गणना हुँदा खड्काले यति मत ल्याएका हुन् ।
त्यसैगरी सभापति पदका अर्का उमेद्वार केशव दुलालले ८ मत प्राप्त गरेका छन् । ५१९ मतदाता रहेकोमा ५११ मत खसेको थियो । मत गणना जारी रहेको छ ।
खड्का कोइराला प्यानलका नेता मानिन्छन् । मतगणनाको पछिल्लो परिणामलाई हेर्दा क्षेत्र र महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलका उम्मेदवारहरूको अग्रता रहेको देखिन्छ । महाधिवेशन प्रतिनिधिमा ललितकुमार श्रेष्ठ , सूयर्मारान राई , सुनिल कुमार शर्मा । शेखरबहादुर थापा, मानबहादुर लिम्बू, वशन्त भट्टराई, लोकप्रसाद सङ्ग्रौला, राजकुमार लिम्बू , महुन्द्र सुवेदी र संजय भट्टराई लगायतको अग्रता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved