राखेप पूर्व उपाध्यक्ष शेर्पाको निधन

  • प्रकाशित मितिः मंसिर ८, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेण्डी शेर्पाको निधन भएको छ।

नसा सम्बन्धी रोगबाट विगत तीन वर्षदेखि अस्वस्थ्य रहेका शेर्पाको बुधबार बिहान ३ः४५ बजे विशालनगरस्थित ओरागन केयर होममा निधन भएको उनका परिवारका सदस्य एवं नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए।

अमेरिका, भारत, चीनलगायतका राष्ट्रमा समेत पुगेर उनको उपचार गराइएको थियो। तर, कहिँ पनि उपचार सम्भव नभएपछि पछिल्लो दुई वर्षदेखि ओरागन केयर होममै राखेर उपचार गराइएको थियो।

उनको बौद्धस्थित शेर्पा गुम्बामा लगेर अन्तिम संस्कारको प्रक्रिया सुरु हुने बताइएको छ। अन्तिम संस्कार गुम्बाका पुजारीसँगको छलफलपछि मात्रै सुरु हुने उनका परिवारका सदस्य एवं नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए।

अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा खेलकुदमा निकै लोकप्रिय थिए। उनले नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव भएर काम गरेका थिए। शेर्पा नेपाल बास्केटबल संघका पनि पूर्व अध्यक्ष थिए। टेण्डीका बुवा, आमा, दुई दाइ र एक बहिनी छन्।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved