भोजपुरकी महिला काठमाडौंमा मृत फेला

  • प्रकाशित मितिः मंसिर ७, २०७८
  • उज्यालो प्रदेश
alt

भोजपुरकी एक महिला काठमाडौंको किर्तिपुर नगरपालिका ४ स्थित एक होटलमा मृत अवस्थामा फेला परेकी छिन् ।

उनको शव राराहिल होटलभित्र बाहिर ताल्चा लगाएको कोठाभित्र फेला परेको हो । राराहिलमा फ्ल्याट भाडामा लिएर छोरासंगै बस्दै आएकी कार्कीको केही दिन अघि नै मृत्यु भएको हुनसक्ने बताइएको छ ।

विगत तीन दिनदेखि कोठा पनि बन्द हुनु र दुर्गन्ध फैलन थालेपछि घरेबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ताला फोडेर हेर्दा कार्की मृत फेला परेकी थिइन्।

ताल्चा लगाएको कोठाभित्र शव भेटिएपछि प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा कार्कीका ३० वर्षीय छोरा सूर्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक रेन्टुरेन्टबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved