ईर्ष्या गर्न लायक विकास भएको छ स् मन्त्री शर्मा

  • प्रकाशित मितिः मंसिर ७, २०७८
  • उज्यालो प्रदेश
alt

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्न लायक विकास भएको बताएका छन् ।

चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधार लगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत ईर्ष्या जागेको बताए।

‘यो ईर्ष्या भनेको सकारात्मक ईर्ष्या हो, देशभर सवैले सिक्न लायक विकास हो’ उनले थपे, ‘यहाँको विकास मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’

मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नती, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । यस्तै भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved