कुन कुन प्रदेशमा वर्षा र हिमपात हुँदैछ ?

  • प्रकाशित मितिः मंसिर ७, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशको पहाडी भू भागमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ।

सोमबार दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु(भागहरुका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।मंगलबार प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू(भागहरुमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार प्रदेश १, बाग्मती , गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु(भागहरु का एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved