कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चिरञ्जिवी थापाको उम्मेदवारी

  • प्रकाशित मितिः मंसिर ६, २०७८
  • उज्यालो प्रदेश
alt

उर्लाबारी । गैरआवसीय नेपाली संघ एनआरएनए जापानका पूर्व उपाध्यक्ष समेत रहेका उर्लावारी २ निवासी चिरञ्जिवी थापाले कांग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन पदका उम्मेदवारी दिने भएका छन् ।

लघुवित्त,वित्तीय,सौर्य ऊर्जा,कृषि क्षेत्रका लगानीकर्ता एवं व्यवसायी समेत रहेका थापाले सिंगो मोरङ क्षेत्र नम्बर १ को विकासका सक्रिय हुने उद्घोषका साथ कांग्रेसमा अब्बल नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हालसम्म कांग्रेसको कुनै पनि लाभको पदमा नरहेका थापा यसअघिका दुई महाधिवेशनमा उनी जापानाबाट महासमिति सदस्य थिए ।

थापा ऊर्जा,कृषि,वित्त क्षेत्रका ठूला लगानीकर्ता समेत रहेका थापा पूर्व क्षेत्रमा नाम चलेका र स्थापित गैरआवसीय नेपाली एनआरएनए हुन् ।

को हुन् कांग्रेस महासमिति सदस्य समेत रहेका चिरञ्जिवी थापा ?

सामाजिक कार्यहरुमा सरसहयोग दिने अग्रपंतिमा आउने नाम हो चिरञ्जिवी थापा । उर्लावारीमा २०३५ सालमा जन्मिएका थापा २०४६ सालको पञ्चायतविरुद्धको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए । ११ वर्षको उमेरदेखि कांग्रेसको झन्डा बोक्दै उनले प्रजातन्त्र र गणतन्त्रका लागि राज्य पक्षबाट डन्डा खाएका व्यक्ति हुन् । २०४६ सालको जनआन्दोलनमा उनले पञ्चायती शासन विरुद्ध आन्दोलन गर्दा प्रहरीको डन्डा खाए भने २०६२र६३को जनआन्दोलनको क्रममा जापानास्थित नेपाली राजदूतावासमा घेराउको नेतृत्वकर्ता गरेका थिए ।

२०४८ सालमा उनी नेविसंघ सुनपकुवा माविमा इकास समितिको सचिव भएर काम गरेका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा सक्रिय उनी २०५२ सालमा उर्लावारी बहुमुखी क्याम्पस इकाइ समितिको सदस्य भएका थिए । नेविसंघको सातौं महाधिवेशन प्रतिनिधि समेत रहेका चिरञ्जिवी थापाले २०६२र६३को जनआन्दोलनमा प्रजातान्त्रिक समूहको नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेस जापान नेपाल जन सम्पर्क समितिका पूर्व अध्यक्ष समेत रहेका थापा यस पटक मोरङ क्षेत्र नम्बर १ का नेताहरु, क्षेत्रीय सभापति खड्ग फागोलगायतका नेताहरुको सुझाव र जोडबलमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका हुन् । हालसम्म कुनै पनि पक्षरविपक्षमा ननलागेका थापा कांग्रेसभित्र सबैले रुचाइएको व्यक्तिको रुपमा चिनिन्छन् । उनी कांग्रेसमा स्थानीयदेखि केन्द्रीयस्तरका सबै तहका नेताहरुसँग राम्रो सम्बन्ध विस्तार गर्ने क्षमतावान् नेता समेत हुन् ।

मोरङ क्षेत्र नम्बर १ मा लगानी भित्र्याउन सक्ने,ठूला प्रोजेक्टहरु ल्याउन सक्ने र विकासको गतिलाई टेवा दिन सक्ने क्षमताका युवा भएको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

थापालाई कांग्रेसका क्षेत्रीय नेताहरुले समेत रुचाइएका व्यक्ती हुन् । सबैसँग राम्रो सम्बन्ध बनाएका उनीलाई कांग्रेस मोरङ क्षेत्र नम्बर १ का नेताहरुको जोडबलमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी बनाइएको हो । सबै पक्षको राम्रो सहयोग पाएका थापालाई महाधिवेशन प्रतिनिधि जिताउनुपर्ने कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved