यी हुन् मोरङका क्षेत्रीय सभापतिका दावेदारहरु

  • प्रकाशित मितिः मंसिर ५, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । नेपाली कांग्रेसको जारि १४औं महाधिवेशन अन्तरगत मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय समितिको चुनाव सम्पन्न भइसकेको छ ।

क्षेत्रीय र प्रदेशसभा क्षेत्रीय समितिको निर्वाचनसँगै केन्द्रीय महाधिवशेन र प्रदेश महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन हुने भएका कारण यतिबेला कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनावको चटारो देखिएको छ ।

उम्मेदवारहरु व्यक्तिगत र समूहगत रुपमा वडा तहबाट निर्वाचित मतदाताहरुसँग मत माग्दै हिड्ने क्रम बाक्लिएको छ । अधिकांश चोकका चिया पसलदेखि सन्ध्याकालिन मदिरा पसलहरुमा चुनावी ‘सेटिङ’ भैरहेको बताइन्छ ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका हरेक क्षेत्रमा प्रतिनिधिसभा क्षेत्रीय समितिको नेतृत्वका लागि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापनपक्ष र संस्थापन इतर समूहबाट आफनो वर्चस्व कायम गर्न आ(आफ्ना उम्मेदवार खडा गर्ने क्रम चलिरहेको छ ।

मोरङको क्षेत्र नं १ को सभापतिका लागि दुई जना प्रतिस्पर्धामा देखिएका छन् । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र लेटाङ नगरपालिकाका मेयर शंकर राई दुवैले क्षेत्रीय सभापतिको दावी गरेका छन् । फागो वर्तमान क्षेत्रीय सभापति हुन् । यी दुई मेयरबीच सहमति गरि एक जनालाई क्षेत्रीय सभापति बनाउन जिल्ला सभापति डिगबहादुर लिम्बू आफै लागेको बताइएको छ ।

आफ्नो चुनावी क्षेत्र भएका कारण ती दुई मेयरलाइ मिलाउनुपर्ने बाध्यता सभापति लिम्बूलाई छ । तर अघिल्लो पटक फागो क्षेत्रीय सभापति हुँदा अर्को कार्यकालमा राईलाई सभापति बनाउने भद्र सहमति भएको चर्चा चले पनि त्यसबारे कसैले मुख खोलेका छैनन् ।

यस्तै क्षेत्र नं २ मा वर्तमान क्षेत्रीय सभापति नागेश्वरप्रसाद सिंह, प्रदेश २ ख का क्षेत्रीय सभापति सुमन कुँवर, सत्यनारायण पण्डित र यज्ञ कार्की क्षेत्रीय सभापतिका आकांक्षी देखिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालको चुनावी क्षेत्र भएका कारण त्यस क्षेत्रमा पनि सर्वसम्मतको प्रयास जारी रहेको बताइएको छ ।

यस्तै क्षेत्र नं ३ मा बहालवाला सभापति गणेश खड्का र नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य राजेन्द्रप्रसाद ढकालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

क्षेत्र नं ४ मा पनि क्षेत्रीय सभापतिका लागि तीनजना आकांक्षी देखिएका छन । वहालवाला सभापति विनोद बस्नेत, जिल्ला कार्यसमितिका आमन्त्रित जिल्ला सदस्य बसन्त होमागाईं र तरुण दल मोरङका सभापति सञ्जय थापा प्रभाकर क्षेत्रीय सभापतिका दावेदार देखिएका छन् ।

क्षेत्रीय सभापतिका दाबेदार तीनै जना विराटनगर वडा नं ३ का बासिन्दा हुन् । बस्नेत र होमागाईंले उम्मेदवारी घोषणा गरिसकेका छन् भने थापाले केहीदिन भित्र औपचारिक रुपमा आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने बताए ।

यस्तै मोरङ क्षेत्र नं ५ मा क्षेत्रीय सभापतिका लागि चार जना दावेदार देखिएका छन् । बहालवाला सभापति दिलीप पोखरेल, महासमिति सदस्य रामनारायण मण्डल, महाधिवेशन प्रतिनिधि अर्जुन निरौला र बहालवाला क्षेत्रीय सचिव जिवच्छ गच्छदारले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तीन कार्यकाल क्षेत्रीय सभापति रहेका पोखरेललाई यसपटक विदा गर्ने अन्य प्रतिस्पर्धीहरुले योजना बनाएका छन् ।

मोरङको क्षेत्र नं ६ मा क्षेत्रीय सभापतिका लागि देवराज तामाङ र चेतराज रेग्मीले दावी गरेका छन् । तामाङ क्षेत्र नं ६ को प्रदेश क का बहालवाला क्षेत्रीय सभापति हुन् भने रेग्मी क्षेत्रीय समितिका सचिव हुन् । कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला पक्षले तामाङलाई अघि सारेको बताइएको छ । रेग्मी भने राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझी पक्षका उम्मेदवार हुन् । उनलाई प्रदेशसभा सदस्य चुमनारायण तब्दारले समेत समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved