अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको तयारी

  • प्रकाशित मितिः मंसिर ५, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।

चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भने । उपाध्यक्ष रावल १० बुँदे सहमति मार्फत् एमालेमै बसेका हुन् ।

तर १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली नै तयार नभएको भन्दै रावलले असन्तुष्टि जनाउँदै आएका छन् । सूदुरपश्चिम प्रदेशमा रावलले समानान्तर गतिविधि समेत चलाइरहेका छन् ।

‘एकताबद्ध पार्टी बनाउन पनि उहाँको उम्मेद्वारी आवश्यक परेको हो’, रावल निकट अर्का केन्द्रीय सदस्य प्रकाश साहले भने । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित रावल माधवकुमार नेपाल निकट थिए । तर २ भदौमा नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्दा रावल एमालेमै बसे ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved