माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व

  • प्रकाशित मितिः मंसिर ५, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व आएका छन् । र नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । तर, ८० प्रतिशत बढी वडा तहमा मात्रै सम्मेलन भएको जानकारी प्राप्त भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

‘कहीँ कुनै चाडपर्व परेको, कहीँ कसैको मृत्युमा वडा शोकमा रहेको जस्ता कारणले सम्मेलन हुन नसकेको भन्ने आएको छ’ उनले भने ।पार्टीले आन्तरिक निर्वाचनलाई खुला राखेको भए पनि वडा तहको सम्मेलनमा आन्तरिक निर्वाचन कतै गर्नु नपरेको उनले बताए । ‘८० प्रतिशत वडामा सम्मेलन हुँदा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपरेको जानकारी आएको छैन्’ श्रेष्ठले भने ।

सम्मेलनबाट महानगरपालिकामा ४५, उपमहानगरपालिकामा ३५ तथा नगरपालिका र गाउँपालिकामा २९र२९ सदस्यीय वडा समिति निर्वाचित भएको मओवादीले जनाएको छ ।

देशभर ६ हजार ७४३ वटा वडा छन् । प्रत्येक वडामा वडा सम्मेलन गर्न ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको छ ।अब मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुनेछ ।आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved