मोरङ क्षेत्र ३ को ‘ख’ मा कोइराला प्यानल विजयी

  • प्रकाशित मितिः मंसिर ५, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ (ख) मा कोइराला प्यानल विजयी भएको छ ।बेलबारी नगरपालिका १ स्थित उघोग वाणिज्य संघको सभाहलमा भएको निर्वाचनमा जगतलाल चौधरी नेतृत्वको कोइराला समूहको प्यानल विजयी भएका हुन् ।शनिवार सम्पन्न निर्वाचनमा उपसभापतिमा ओमप्रकाश मास्के र कल्पना क्षेत्री, सचिव कमल सुब्बा,जयप्रसाद सिटौला,सह सचिव जनक खत्री,सम्पतलाल खवास निर्वाचित भएका छन् ।महिला प्रदेश प्रतिनिधितर्फ अनिता देवी सिटौला, लीला राय, सुजु थापा पौड्याल निर्वाचित भएका छन् । त्यस्तै खुल्ला प्रदेश प्रतिनिधितर्फ प्रकाश श्रेष्ठ, बद्रीनारायण मण्डल, भिमबहादुर पाण्डे, मणि बहादुर पुलामी मगर, मित्रसेन योञ्जन, श्याम कुमार आचार्य, हरिबहादुर बस्नेत,अनिता ज्ञवाली निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजातिको प्रदेश प्रतिनिधितर्फ बलबहादुर मगर र दलित प्रदेश प्रतिनिधितर्फ कुमारी दमाई निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved