वारंगीमा आयोजित फूटबल र भलिबल खेल सम्पन्न

  • प्रकाशित मितिः मंसिर ५, २०७८
  • उज्यालो प्रदेश
alt

मंसिरको वारंगीमा बराह पूर्णिमाको अवसरमा संञ्चालन भइरहेको प्रथम पालिका स्तरीय फूटबल र भलिबल विधातर्फको खेलहरु सम्पन्न भएका छन् ।

वारंगी खेलकुद युवा क्लब लेटाङ ७ को आयोजनामा भएको प्रतियोगिता नगर प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

वारंगी ७ को खेल मैदानमा भएको फूटबल तर्फको फाइनल त्रिवेणी क्लब धनकुटालाई हराउँदै ३, २ को अन्तरले हराउदै झारसाधि क्लब उर्लाबारीले उपाधि चुमेको छ । त्यसैगरी भलिबल तर्फ बेलबारी नगरपालिका लाई हराउदै षडानन्द नगरपालिकाले जित हासिल गरेको छ ।

जित संगै विजेता झारसाधी क्लव उर्लाबारीले नगद ४० हजार रुपियाँ र उप बिजेता त्रिवेणी क्लव धनकुटाले २५ हजार नगद टफि प्राप्त गरेका छन् । भलिबल तर्फ बिजेतालाई नगद ७० हजार रुपियाँ र उप बिजेतालाई ४० हजार प्रदान गरेको कार्यक्रमका अध्यक्ष गौतम लिम्बुले जानकारी दिनु भयो ।

बिजेता र उप बिजेता टिमलाई विशिष्ट अतिथि लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले कप, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा अतिथि लेटाङ नगरपालिका वडा न ७ का अध्यक्ष नगेन्द्र लिम्बू लगायत समाजसेवी बुद्दिजिबी तथा राजनीतिककर्मिहरुको उपस्थित रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved