ग्रामथान र कटहरी गाउँपालिकाको सवैवडामा नेकपा माओवादीको अधिवेसन सम्पन्न

  • प्रकाशित मितिः मंसिर ५, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिकाको वडा अधिवेशन सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रले देशैभरी मंसिर ४ गते शनिबार वडाअधिवेशन सम्पन्न गर्ने पार्टीको निति अनुसार शनिबार ग्रामथाम गाउँपालिकाको वडाअधिवेशन सम्पन्न गरिएको हो ।

वडाअधिवेशनले पुड्कलाल उराँवको अध्यक्षतामा २९ सदस्य नयाँ ग्रामथान वडा नम्बर २ को कमिटी गठन गरेको स्थानीय संञ्चारकर्मी बाबुराम मुडियारीले बताएका छन् ।

उपाध्यक्षमा संन्जय ऋषिदेव , कोषाध्यक्षमा सुनिता सरदार ,सचिवमा सुवास लुईटेल र सह सचिवमा जोसेप तिग्गा रहनु भएको छ ।त्यस्तै गरि अधिवेशनले अर्जुन गुरागाई,बाबुराम मुडियारी,गोविन्दनाथ भट्टराई ,जेठमान झाँगड र महेश भट्टराई रहने गरी ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

वडाअधिवेशन सम्पन्न गर्न पार्टीका क्षेत्र नं. ४ सहइन्चार्ज सावित्रा अछामी , मोरङ जिल्ला कमिटी सदस्य सबिना दाहाल , ग्रामथान गाउँपालिका संयोजक रमेश कुमार भगत , सह संयोजक जोगेन्द्र उराँव , लगायतको आतिथ्यता रहेको थियो ।

पुड्कलाल उराँवको सभापतित्वमा सम्पन्न वडाअधिवेसन कार्यक्रम प्रेस सेन्टर मोरङका कोषाध्यक्ष बाबुराम मुडियारीले संचालन गर्नु भएको थियोे ।

यसैविच ग्रामथाम गाउँपालिकाको अन्य विभिन्न वडाको पनि शनिबारै अधिवेसन सर्वसम्मत रुपमा सम्पन्न भएको संञ्चारकर्मी मुडियारीले जानकारी गराएका छन् ।

नेकपा माओवादी केन्द्र ग्रामथान वडा अध्यक्षहरूमा १ नम्बर वडा तिलक राम माझी , ३ नम्बर वडा जोगलाल माझी , ४ नम्बर वडा टेक नारायण चौधरी, ५ नम्बर वडा घिनुलाल माझी , ६ नम्बर वडा प्रलाद खवास र ७ नम्बर वडा रमेश चौधरी सर्व सहमत निर्वािचत भएको मोरङ क्षेत्र नम्बर ४ का संयोजक तथा ग्रामथान इन्चार्ज पख्खुलाल चौधरीले बताएका छन् ।

यसै बीच नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाकाको पनि वडा अधिवेशन सम्पन्न भएको छ । वडा अध्यक्षहरूमा वडा नम्बर १ दिपेन्द्र माझी , वडा नम्बर २ डिल्ली प्रसाद अधिकारी ,वडा नम्बर ३ दिपेश कामत , वडा नम्बर ४ मोहमद इम्तियाज , वडा नम्बर ५ दिपेन्द्र सरदार , वडा नम्बर ६ शिवशंकर सरदार , वडा नम्बर ७ विनोद कुमार माझी चयन हुनु भएको नेकपा माओवादी केन्द्र कटहरी गाउँपालिकाका उपाध्यक्ष वीर बुद्ध मुडियारी , सह सचिव सूर्य नारायण मुडियारीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved