माओवादी केन्द्र बेलबारीको नेतृत्वमा वडा ४ मा सुनुवार ,९ मा ढकाल

  • प्रकाशित मितिः मंसिर ४, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आज –शनिबार) देशभरनै वडा अघिवेशन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बेलबारी ४ मा नारायण कुमार सुनुवारको अध्यक्षतामा २९ कार्यसमिति गठन भएको छ ।

उपाध्यक्षमा सरिता गौतम,सचिव तारादेवी राई,सह सचिव उषा तामाङ,कोषध्यक्ष चन्द्र कुमार मग्राती रहेका छन् भने सदस्यहरुमा गंगा माया सुनुवार, जय कुमारी राई, केवल मग्राती, कमानसिंह गुरुङ,तेज कुमार खड्का, धिरेन खवास,बिमला राई,किरण कार्की,श्याम कुमार गुरुङ,चन्द्र कुमारी गुरुङ,तेज बहादुर गुरुङ,सम्सेर धिमाल,जयप्रकाश माझी,जिवन राई,हेम राई,मिङमा शेर्पा,सचेन चौहान,उमा राई,जगत बहादुर तामाङ,लोकेश्वर घले,प्रतिमा गुरुङ रहेका छन् । कार्यक्रम बेलबारी ४ स्थित ईमानसिंह चौकमा स्थित दलित संग्राहलयको सभा हलमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रिय सदस्य सावित्री कुमार काफले रहेका थिए । नेता काफले भने माओवादी पार्टीलेनै मुलुकलाई नयाँ दिशा दिन्न सक्ने भएकोले पार्टीमा क्रन्तिकारीहरु चहिएको बताएका छन् । कार्यक्रममा बेलबारी वडा ४ को अधिवेशनमा २५० जनाको सहभगिता रहेको थियो । कार्यक्रममा मोरङ सदस्य राम कुमार राई,जनप्रतिनिधि चन्द्र कुमार मग्राती,कमर अलन खवास , वाइ सि यल का मोरङ सदस्य किरण कार्की,बेलबारी नगर सचिव समिर सुनुवार लगाएत को उपस्थिती रहेको थियो ।

कार्यक्रमका अध्यक्षता नारायण सुनुवारले गरेका थिए ।त्यस्तै , माओवादी केन्द्र बेलबारी ९ मा तिर्थ बहादुर ढकालको अध्यक्षतामा २९ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा चन्द्र कुमार तुम्बापे, सचिव तेज कुमार दाहाल, सह सचिव श्याम कार्की, कोषध्यक्ष लक्ष्मी बुढाथोकी रहेका थिए भने सदस्यहरुमा कालि बहादुर खत्री,गणेश बहादुर कार्की,तेज प्रसाद सापकोटा,सुर्य कटुवाल, सगिता राजवंशी,शंकर राहुत,रमेश श्रेष्ठ,भत्तविलास सेडाई,किरण भट्टराई,लाल बहादुर पौडेल, दिल कुमारी राहुत,प्रेम बहादुर बस्नेत, कल्पना भट्टराई, राजन श्रेष्ठ, चन्द्र भट्टराई, अर्जुन बोगटी,निलम पोख्रेल,भरत चौधरी,सवित्री राम, सुकमुनि खवास,बालकुमारी खड्का,पञ्च रोका,मनोज दाहाल ,उत्तम लाल खवास रहेका छन् । कार्यक्रम बेलबारी नगरपालिका ९ स्थित श्री काली माध्यमिक विद्यालयमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका प्रदेश सदस्य खेम भट्टराई रहेका थिए । नेता भट्टराईले भने राजनैतिक दलहरुले जति सुकै सानो पार्टी भनिएता पनि अहिले नेपालको नेतृत्व सबै हिसाबले माओवादी केन्द्रले नै गरिरहेको बताएका छन् । कार्यक्रममा बेलबारी वडा ९ को अधिवेशनमा २७६ जनाको सहभगिता रहेको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि बेलबारी नगरका सह संयोजक अशोक दाहाल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमका अध्यक्षता तिर्थ बहादुर ढकाल गरेका थिए । माओवादी केन्द्रको मंसिर ११ गते पालिका र मंसिर २५ गते सातै प्रदेशमा अधिवेशन हुदैछ ।

 

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved