बेलबारी १ वडाद्धारा दलित वर्ग उत्थान संघलाई नौमती बाजा हस्तान्तरण

  • प्रकाशित मितिः मंसिर ४, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । बेलबारी नगरपालिकाको १ नं। वडा कार्यालयले दलित वर्ग उत्थान संघ बेलबारी १ लाई नौमती बाजा हस्तान्तरण गरेको छ । शुक्रवार वडा नं। १ का वडाध्यक्ष चक्र खुलालले दलित वर्ग उत्थान संघ बेलबारी १ लाई हस्तान्तरण गरेका हुन । सांस्कृतिक नौमती बाजा लोप हुने अवस्थामा पुगी रहेको बेला संरक्षणको लागि बेलबारी नगरपालिकाको योजना अनुसार वडा नं। १ वडा कार्यालयले पनि कार्यक्रम गरिरहेको अध्यक्ष चक्र खुलालले जनाएका छन् । बाजा हस्तान्तरण गर्दै दलित वर्ग उत्थान संघ बेलबारी १ लाई संरक्षण तथा सदुपयोग गर्न आग्रह पनि गरेका छन् । नगरपालिका तथा वडा कार्यालयको कार्यको
प्रशंसा गर्दै दलित वर्ग उत्थान संघ बेलबारी १ का अध्यक्ष खड्का सुन्दासले वडा कार्यालयलाई धन्यवाद प्रदान गरेका छन् । कार्यक्रमको सञ्चालन वडा सदस्य बिन्दुकला गुरुङले गरेकी थिइन

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved