पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा

  • प्रकाशित मितिः मंसिर ४, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौंमा पक्राउ गरिएका ११ जना अफगानी नागरिकलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय(युएनएचसीआर)को जिम्मा लगाइएको छ ।
शुक्रबार गृह मन्त्रालयले सो निर्णय गरेको हो । निर्णयपछि उनीहरुलाई युएनएचसीआरले जिम्मा लिएको गृहमन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए ।

२०७८ कार्तिक ८ मा काठमाडौंको सिनामंगलबाट केन्द्रीय अनुसन्धान व्यूरोले ११ जना अफगानीलाई पक्राउ गरेको थियो । रुपन्देहीको सुनौली नाकामा भारतीय आधार कार्ड देखाएर छिरेका उनीहरु सिनामंगलस्थित फेसबुक होटलमा बसेका थिए । तीमध्ये ५ जनाको साथमा मेक्सिकोको भिसा थियो ।

भारतबाट मेक्सिकोको भिसा लिएर उनीहरु नेपाल आएका हुन् । भिसा हुनेहरुमा मोहम्मद जामराई स्टानिकजाई, नाजिफ स्टानिकजाई, मिस्बाह जाइनाव स्टानिकजाई, नोरुल हाया स्टानिकजाई र ८ वर्षका मोहम्मद रायन स्टानिकजाई छन् ।

अध्यागमन विभागले उनीहरुलाई मेक्सिको पठाएको थियो । तर, श्रीलंकाको ट्रान्जिटबाट उनीहरुलाई फिर्ता गरियो । ती ५ जनासहित ११ जना अफगानीलाई अध्यागमन विभागले थुनामा राखेको थियो । नयाँ दिल्लीमा भारतीय नागरिकले लिने आधारकार्ड बनाएर उनीहरु नेपाल आएका थिए । आधारकार्ड बनाउने बिचौलिया सक्रिय भएको पक्राउ परेका अफगानीहरुको बयानबाट थाहा भएको छ ।

अब यूएनएचसीआरले उनीहरुलाई शरणार्थी प्रमाणपत्र दिनेछ । सो प्रमाणपत्र पाएका विदेशीलाई सुरक्षाकर्मीले पक्राउ गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved