टि २० आई क्रिकेटमा नेपालले दियो कतारलाई १ सय ४७ रनको लक्ष्य

  • प्रकाशित मितिः कार्तिक ३०, २०७८
  • उज्यालो प्रदेश
alt

नेपाली महिला टोलीले पहिलो टि २० आई खेलमा कतारलाई १ सय ४७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो।

नेपालका लागि ब्याट्सम्यान इन्दु बर्माले कतारविरुद्ध अर्धसतक बनाइन्। उनले ५ चौकाको मद्दतमा ५५ रन जोड्न सफल भइन्। इन्दु ४७ बल खेलेपछि रिटायर्ट हर्ट भइन्।इन्दु नेपालका लागि टि २० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन्। सीता राना मगर ३३ बलमा ५ चौकासहित ३९ रनमा आउट भइन्। सरिता मगर २१ रनमा रन आउट भइन्। कविता कुँवर ८ रनमा अविजित रहिन्।

कप्तान रुविना क्षेत्री २ बल खेल्दै शून्यमा रन आउट भएकी थिइन्। ओपनर काजल श्रेष्ठ ३ रनमै एन्जेलिन मारेको बलमा बोल्ड आउट भएकी थिइन् । दोहास्थित वेस्ट इन्टरनेशल क्रिकेट स्टेडियममा कतार टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो।

अहिले कतारले ब्याटिङ गरिरहेको छ। कतारले खराब सुरुवात गरेको छ। ५।५ ओभरको खेल सकिदासम्म कतारले ५ विकेट गुमाउँदै ११ रनमात्र जोडेको छ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved