कोरोनाले मृत्यु भएका बीमितको परिवारले पाए नेशनल लाइफबाट १५ लाख

  • प्रकाशित मितिः कार्तिक २५, २०७८
  • उज्यालो प्रदेश
alt

पथरी । नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनिमा बीमा गरी कोरोनाका कारण मृत्यु भएका नेशनल लाइफका बीमितका एक परिवारलाई १५ बढी रकम भुक्तानी गरिएको छ ।

पथरीशनश्चरे नगरपालिका ६ कुशल चोक निबासी गोकुल शाक्यको परिवारलाई नेसनल लाईफ इन्स्योरेन्स कम्पनी पथरी शाखाले विहिबार मृतकको घरैमा पुगेर मृत्युदावी बापतको रकम रु १५ लाख ८८ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

२०७७ असोज महीनामा अभिकर्ता राज कुमार श्रेष्ठ मार्फत १५ वर्ष अवधिको बिमाङ्क १५ लाखको बीमा गर्नुभएका शाक्यले १२५७८४ १ लाख २५ हजार ७ सय ८४ रुपैया पहिलो वर्षको वार्षिक प्रिमियम जम्मा गर्नु भएको थियो । डेढ महिना अघि कोभिड १९ को कारण मृत्यू भएको शाक्यको परिवारलाई कम्पनीका प्रतिनीधि कर्मचारी र अभिकर्ताहरुले घरमै पुगेर नगद हस्तान्तरण गरेका थिए । केही महिना अघि पनि पथरी शाखाले बिमितको निधन पछि बिमितको परिवारलाई १० लाख रुपैया प्रदान गरेको थियो ।

255937232_1284179145338804_1226136074974874603_n

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved