बैंकका कर्मचारीको मिलेमतोमा नक्कली लालपूर्जा बनाएर निकालियो १९ करोड

  • प्रकाशित मितिः कार्तिक २४, २०७८
  • उज्यालो प्रदेश
alt

गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारी सहित चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। उनीहरूमध्ये तीन जनालाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको थियो। चौरसियालाई भने प्रहरीले मंगलबार पक्राउ गरेको हो।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे।

गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको फेला परेको सिंहले बताए। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो।

कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको सिंहले बताए।

उनका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले सेतोपाटीलाई जानकारी दिए।

‘सुरूमा पर्सा शाखामा निवेदन दिएको देखिन्छ, पर्सा शाखाले न्यूरोडमा फाइल पठाएको र त्यहीँबाट पैसा निकालेको देखिन्छ,’ ब्युरोका प्रहरी उपरीक्षक महतोले भने, ‘न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति पनि लिएको देखिन्छा।’पक्राउ परेका सबैलाई सरकारी लिखतसम्बन्धी कसुरमा अनुसन्धान थालिएको महतोले जानकारी दिए।

यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंक केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको के कति मिलेमतो र संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको महतोले बताए।पक्राउ परेका चारै जना, कुमारी बैंकको पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारी छानबिनमा रहेको महतोले बताए।

‘पक्राउ परेकासँग बयान चलिरहेको छ, उनीहरूले कसुर स्वीकार गरेको अवस्था छैन,’ महतोले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, कसको के संलग्नताबारे विस्तारै खुल्दै जाने छ।’गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको सन्दर्भमा एक महिनाअघि उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरू गरेको थियो।

सेतोपाटीले कुराकानी गर्दा अमात्यले ुअनुसन्धान क्रममा रहेको विषयमा अहिले प्रतिक्रिया नदिनेु बताए।सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved