विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला

  • प्रकाशित मितिः कार्तिक २४, २०७८
  • उज्यालो प्रदेश
alt

नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो ।

मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन् । उनी लेख्छिन्,हामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ ।

मलालाले यसअघि विवाहलाई लिएर सन्देह जताएकी थिइन् । जसको कारण सामाजिक सञ्जालमा उनको व्यापक आलोचना पनि भएको थियो । जुलाईमा फेसन पत्रिका भोगसँगको एक अन्तरवार्तामा उनले भनेकी थिइन्, म कुरा बुझ्दिनँ कि मानिसहरु विवाह किन गर्छन् । तपाईंलाई जीवनसाथी चाहिन्छ भने तपाईं कागजमा किन हस्ताक्षर गर्नुहुन्छ ? यो पार्टनरसीप किन हुन सक्दैन । उनले थपिन्, मेरो आमा भन्छिन् भुलेर पनि यस्ता कुरा नगर्नु । तिमी विवाह गर्नुपर्छ र विवाह एक सुन्दर चिज हो ।

मलाला यूसुफजईमाथि पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वातमा ९ अक्टुबर २०१२ मा घातक हमला भएको थियो । मलाला त्यतिबेला १५ वर्षकी थिइन् । उनले किशोरीहरूको शिक्षाको अधिकारका लागि आवाज उठाउँथिन् । यसबाट रुष्ट तालिबान चरमपन्थीले उनी सवार स्कुल बसमा अन्धाधुन्ध गोली बर्साएका थिए । यसबाट मलाला र उनका दुई साथी घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि इंग्ल्याण्ड पठाइएको थियो । ठिक भएपछि उनी शिक्षाका लागि त्यही बसिन् । सन् २०१४ मा १७ वर्षको उमेरमा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । उनी हालसम्म सो पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी विजेता हुन् । सन् २०२० मा उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved