प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार

  • प्रकाशित मितिः कार्तिक ९, २०७८
  • उज्यालो प्रदेश
alt

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।

केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले रातोपाटीसँग भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।’

यसअघि प्रभु साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा पनि चलेको थियो । तर, माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएको भन्दै साहले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो । तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बताएको रातोपाटीमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved