वायुमण्डलमा हरित गृह ग्यासको मात्रा हालसम्मकै उच्च

  • प्रकाशित मितिः कार्तिक ८, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । कोरोना महामारीबीच पनि वायुमण्डलमा पृथ्वीको तापमान बढाउने ग्यासको मात्रा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)का अनुसार गत वर्ष तापमान बढाउने ग्यासको मात्रा अहिलेसम्मकै उच्च तहमा पुगेको हो ।

विगत १० वर्षको अवधिमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा वार्षिक औसतभन्दा बढी दरले बढेको बीबीसीले जनाएको छ । यसबाट पेरिस सम्झौताको लक्ष्यभन्दा बढीले तापक्रम वृद्धि हुने डब्लूएमओले उल्लेख गरेको छ ।

कोरोना महामारीका क्रममा विश्वभर लागू गरिएको प्रतिबन्धले गर्दा कार्बन डाइअक्साइड उत्सर्जन समग्रमा ५।६ प्रतिशतले घटेको थियो । तर वायुमण्डलमा थिग्रिने ग्यासमा किन कमी आएन भन्ने विषयलाई डब्लूएमओको पछिल्लो तथ्याङ्कमा देखाइएको छ ।

मानव गतिविधिबाट हुने उत्सर्जनमध्ये झण्डै ५० प्रतिशत वनजंगल, भूमि र समुन्द्रले सोस्ने गर्छन् । तर हरित गृह ग्यास सोस्ने क्षमता तापक्रम, वर्षासहित अन्य तत्‍वमाथि निर्भर हुन्छ।

यस्तै अर्को विषय भनेको विगत १० वर्षदेखि कार्बन डाइअक्साइड उत्सर्जन बढिरहेको छ । यही भएर गतवर्ष कार्बन उत्सर्जन घटेको भए पनि वायुमण्डलमा भएको वृद्धि २०११ देखि २०२० सम्मको औसतभन्दा बढी छ ।
डब्लूएमओको हरित गृह ग्याससम्बन्धी वार्षिक बुलेटिनमा गतवर्ष वायुमण्डलमा कार्बनडाइअक्साडडको मात्रा बढेर प्रति १० लाख ४१३।२ कण पुगेको छ र हाल पूर्व(औद्योगिक तहको १४९ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved