नेकपा एमाले सुन्दरहरैंचा ५ द्वारा पार्टीलाई योगदान दिने १५ जनालाई सम्मान

  • प्रकाशित मितिः कार्तिक ७, २०७८
  • उज्यालो प्रदेश
alt

सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचा ५ को वडा अधिवेशनका क्रममा पार्टीलाई योगदान दिने विभिन्न १५ जना अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

नेकपा एमाले सुन्दरहरैंचा ५ को ऐतिहासिक प्रथम शाखा अधिवेशनमा एमालेका पुराना तथा अग्रज नेताकार्यकताहरुलाई सम्मान गरिएको हो । खासगरि पूर्व पार्टी अध्यक्ष र सचिवहरु, तत्कालिन जनपक्षीय प्रतिनिधिहरु, भूमिगत कालमा पार्टीका नेताकार्यकर्ताहरुलाई सेल्टर दिएर पार्टीलाई सहयोग गर्ने व्यक्ति तथा परिवारलाई सम्मान गरिएको हो ।

जसमा पूर्व पार्टी सचिव र अध्यक्षहरू राजकुमार राई, अरूण सुवेदी, चन्द्रमणी गुरागाईं, माधव सिग्देल र ज्ञानेन्द्र ओझालाई सम्मान गरिएको छ । यस्तै तत्कालिन जनपक्षीय प्रतिनिधिहरू रामप्रसाद दंगाल, कृष्ण बहादुर घले, जयलाल चौधरीलाई सम्मान गरियो । यसैगरि भूमिगत कालमा सेल्टर दिएर पार्टी बचाउन योगदान दिनुहुने स्व रत्न पौडेलको परिवार, स्व तारानिधी घिमिरेको परिवार, स्व बृषबहादुर सुबबाको परिवार, देव बहादुर शाही, तीलादेवी सिग्देल, लक्ष्मीप्रसाद उप्रेती र नरमाया श्रेष्ठलाई सम्मान गरिएको हो ।

पार्टीलाई यहाँसम्म ल्याउन पुराना नेताकार्यकर्ताहरु तथा भूमिगतकालमा सेन्टर दिएर सहयोग गर्नेहरुको ठूलो योगदान रहेकाले उहाँहरुको योगदानलाई कदर गर्दै शाखा कमिटीको अधिवेशनको क्रममा सम्मान गरिएको वडा कमिटी अध्यक्ष विशाल गुरागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved