रोकियो २० वडाको अधिवेशन,६ वडामा समानान्तर कमिटी

  • प्रकाशित मितिः कार्तिक ७, २०७८
  • उज्यालो प्रदेश
alt

देशभरका ६ हजार ७ सय ४३ वटा वडाको गरिरहेको नेकपा एमालेको शनिबार सम्पन्न वडाअधिवेशन भइरहदा सुनसरीमा पार्टी अध्यक्ष केपी ओली पक्ष र १० बँुदे सहमति कार्यान्वयनको पक्षमा रहेको समुह विचको विवाद उत्कर्षमा पुगेको छ ।

ओली पक्षका सांसद रेवती रमण भण्डारी र १० बुँदे सहमति अनुसार बनेको पार्टी अध्यक्ष रमेश वस्नेत पक्षका नेताहरुले आआफने दावी गर्दै आएका कारण विवाद उत्कर्षमा पुगेको हो ।
विवादका कारण सुनसरीका २० वटा वडाको अधिवेशन रोकिएको छ भने ६ वडामा समानान्तर कमिटी गठन गरिएको छ ।

ओली पक्षका जिल्ला कमिटी अध्यक्ष भण्डारीले १० बुँदे सहमतिकै ‘स्पिरिट’मा जिल्ला कमिटी रहेको दावी गर्दै आएपनि बस्नेत पक्षले त्यसलाई स्वीकार गरिसकेको छैन।‘मेरो नेतृत्वमा रहेको कमिटीले शनिबार १३३ वडामध्ये ११३ वडामा अधिवेशन सुरू गरेको छ, बाँकी २० वटा कतै प्राकृतिक प्रकोप र आन्तरिक विवादले रोकिएको छ,’ भण्डारीले भने

भण्डारीले बाँकी रहेका २० वडामा आइतबारबाट अधिवेशन गरिने बताए। यी वडामध्ये कतिपय ठाउँमा अधिवेशन गर्न दुबै पक्षबीच सहमतिको प्रयास पनि भइरहेको भण्डारीले बताए।

यता बस्नेत पक्षले भने आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन। सो समूह अहिले छलफलमा जुटेको छ।सो समूहका वरिष्ठ नेता धर्मराज निरौलाले २०७५ जेठ २ अघिको अवस्थाअनुसार नै बस्नेत कमिटी आधिकारिक रहेको बताए। तर, भण्डारी पक्षले त्यसलाई नमानेको उनले बताए।

कात्तिक २ गते नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीका नामबाट एउटा प्रेस विज्ञप्ति जारी भएको थियो। जसमा कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गरिएको थियो।

तर, अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको सचिवालय बैठक अवैधानिक एवम् विधानविपरीत भएको भन्दै बस्नेत पक्षले आपत्ति जनाएको थियो।माओवादीसँग पार्टी एकता हुनुपूर्व २०७५ जेठ २ अघिको अध्यक्ष रमेश बस्नेत थिए।

तत्कालीन अध्यक्ष द्वारिकलाल चौधरी इटहरीको मेयर बनिसकेपछि रमेश बस्नेत एमालेको जिल्ला अध्यक्ष बनेका थिए। त्यहीबीचमा पार्टी एकता भएर नेकपा बन्यो।

तर, २०७७ पुस ५ गते केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्र विवाद सुरू भयो। र, त्यहीबेला ओली पक्षले रेवतीरमण भण्डारीको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गर्‍यो।

सुनसरी जिल्लामा गत पुस ५ पछि समानान्तर जिल्ला कमिटीहरू थिए। नेकपा फुटेर एमाले बनिसकेपछि बस्नेतको अध्यक्षता एउटा जिल्ला कमिटी बन्यो। केपी ओली समूहबाट रेवतीरमण भण्डारीको अध्यक्षतामा अर्को समानान्तर जिल्ला कमिटी बन्यो।

बस्नेत पक्षले १० बुँदेलाई मान्यता दिनुपर्ने र जेठ २ पूर्वकै कमिटीलाई मान्यता दिनुपर्ने बताउँदै आएको छ। ओली पक्षका नेताहरूले चाहिँ १० बुँदे सुनसरीमा लागू नहुने र रमेश बस्नेतलाई कुनै हालतमा अध्यक्ष नमान्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved