बाढी पहिरोमा परी पाँचथरमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

  • प्रकाशित मितिः कार्तिक ६, २०७८
  • उज्यालो प्रदेश
alt

अविरल वर्षाका कारण पाँचथरको विभिन्न ठाउँमा बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका थिए । २ जनाको शव फेला परेसंगै हाल सम्म ३० जनाले ज्यान गुमाएको र अझै ४ जना वेपता भएको र १० जना घाइते अवस्था रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार सार्वजनिक गरेको विवरण अनुसार बितेको २४ घण्टामा डडेलधुरामा पहिरोमा परि ५० वर्षकी महिलाको मृत्यु भएको छ ।कपिलवस्तुमा बाढीले बगाउँदा ३२ वर्षकी महिला र १३ वर्षीया बालिकाको मृत्यु भएको छ । यस्तै नवलपरासीमा बाढीले बगाउँदा ५० वर्षका पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ ।

अछाममा ७ वर्षकी बालिकाको चुथी खोलाले बगाएर मृत्यु भएको छ । मोरङमा सिघिया खोलामा आएको बाढीले बगाउँदा २१ वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३१ वर्षका पुरुषलाई खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ । प्राधिकरणका अनुसार बितेको २४ घण्टामा बाढी पहिरो जस्ता प्रकोपबाट १४ जनाको ज्यान गएको छ ।

यसैबिच गत वैशाख १ गतेदेखि कार्तिक ६ गतेसम्म बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका २ हजार ९० वटा घटनामा ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । ८० जना बेपत्ता अवस्थामा छन् भने १२ सय ८४ जना घाइते भएका छन् । सो प्रकोपबाट ३ हजार ४ सय ४३ परिवार प्रभावित भएका छन् । उक्त प्रकोपबाट झन्डै १ अर्ब ९ करोड २५ लाख २१ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेकपा माओवादीको विराटचोकमा हुने प्रदेश सम्मेलनको तयारी तिब्र

आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अ ...

प्रदेश १ मा आज २१ जनामा कोरोना संक्रमण

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा ...

रामचन्द्रका लागि सभापतिमा दावी छाड्न शशांक तयार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहम ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved