मोरङ बैंक लुटपाटमा संलग्‍न तीनजना पक्राउ

  • प्रकाशित मितिः आश्विन २७, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ। मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकमा रहेको रकम लुटमा संलग्‍न रहेको तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा विराटानगर महानगरपालिका(८का ३२ वर्षीय श्‍याम मुखिया, भारत अररिया सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया ४ का ३० वर्षीय विजय सहनी (बायाँ तिघ्रामा गोली लागी घाइते भएका)रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिउको छ भने उक्त घटनामा संलग्‍न अन्‍य ६ जना व्‍यक्तिको खोजी भइरहेको छ ।पक्राउ परेका उनीहरुको साथबाट घटनास्थलमा प्रयोग भएको पेस्तोल, ३ राउण्ड गोली र नोकिया कम्पनीको मोबाइल १ वटा बरामद गरेको छ ।

उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका थिए । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved