सिटीजन्स बैंकमा लुट्न पुगेका तीन भारतीय नागरिक पक्राऊ

  • प्रकाशित मितिः आश्विन २५, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न पुगेका तीन भारतीय लुटेराहरु पक्राउ परेका छन् ।

सोमबार दिउँसो बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले
सुरक्षागार्ड लाई गोली प्रहार गरेका थिए ।गोली लागि घाइते भएका गार्डको उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved