उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हमालले दिए मन्त्रीपदबाट राजिनामा

  • प्रकाशित मितिः आश्विन २४, २०७८
  • उज्यालो प्रदेश
alt

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।

हमालले बुझाएको राजीनामा पत्र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेको सचिवालयले जनाएको छ । रिक्त मन्त्रालयको सूचना राष्ट्रपति कार्यालयमा पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।’

उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको आरोप लगाइएको छ । उनी प्रधानन्यायाधीश राणाको जेठान हुन् ।

राजीनामा दिँदै उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, म लामो समयदेखि काँग्रेसको विभिन्न पदमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्याङ्कन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ।

‘हाल विभिन्न सञ्चार माध्यममा समाचार र कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो बर्षैंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबिच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ ।

तर, पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved