प्रहरी हिरासतमा थुनुवाको मृत्यु, इनरुवामा तनाव

  • प्रकाशित मितिः आश्विन २४, २०७८
  • उज्यालो प्रदेश
alt

सुनसरी । हिरासतमा रहेका एक थुनुवाको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा नाराबाजी गर्दै पुगेका स्थानीय प्रहरीविच झडप हुँदा सुनसरी सदरमुकाम इनरुवा तनावग्रस्त वनेको छ ।

मृतकका आफन्त र स्थानीयहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि इनरुवा तनावग्रस्त बनेको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि दोहोरो झडप भएको थियो । नाराबाजी सहित आएको स्थानीयको प्रर्दशनलार्य नियन्त्रण गर्न प्रहरीले १२ सेलभन्दा बढी अश्रुग्याससमेत प्रहार भएको थियो ।

नाराबाजी पछि प्रदर्शनकारीहरूले लोकतान्त्रिक चौकमा टायर बाली प्रदर्शन गर्नुका साथै बजार पसल यातायात समेत बन्द गराएका छन् । पूर्वपश्चिम राजमार्गको महेन्द्र चोक, बस स्टेण्ड लगायतका क्षेत्रमा समेत टायर बाली यातायात ठप्प पारेका हुन् । प्रहरी हिरासतमा रहेका भोक्राहा नरसिंह ५ टपराका मोहम्मद हकिम साहको प्रहरीले सुनियोजित रुपमा हत्या गरेको स्थानीय तथा मृतकका आफन्तहरुको आरोप छ ।

प्रहरीले भने मृतकले हिरासतमै आत्महत्या गरेको दाबी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले साहले अदालतमा पेस गरिनुअघि आज बिहान हिरासतको ढोकामा झुन्डिएको सीसीटीभी फुटेजबाट प्रष्ट भएकाले साहको प्रहरीले हत्या गरेको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् ।

यद्यपि, घटनाको विस्तृत छानबिन हुने उनको भनाइ छ । मृतक साह अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका थिए । अन्तरजातीय प्रेम सम्बन्धका कारण एक युवतिका अभिभावकले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाएको बताउँदै हिरासतमा अभियुक्तको मृत्यु हुनु षड्यन्त्रपूर्ण घटना भएको आरोप लगाएको हो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved