बलियो टिम भारतसंग आइतबार नेपालले प्रतिस्पर्धा गर्दै

  • प्रकाशित मितिः आश्विन २३, २०७८
  • उज्यालो प्रदेश
alt

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियो टिम भएको र खेल कठिन हुने बताए । ‘भारत बलियो टिम हो तर यसको अर्थ हामी फाइट गर्दैनौं भन्ने होइन । भारतलाई हामी सम्मान गर्छौ। हामी भारतविरुद्ध फाइट पनि गर्छौँ’ उनले भने ।

नेपाल भारतबीचको खेल मालेस्थित नेशनल रंगशालामा नेपाली समय अनुसार खेल राति ९ः४५ बजे सुरु हुनेछ । भारतले सर्वाधिक ७ पटक साफको उपाधि जितिसकेको छ ।

तर ५ राष्ट्र सहभागी यस संस्करणको साफमा भने भारत सुरुवाती दुवै खेलमा बराबरीमा रोकिएको थियो ।नेपालले भने दुव‌ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । भारतविरुद्ध जीत निकाल्न सकेमा नेपाल एक खेलअघि नै फाइनल पुग्नेछ ।

यस्तै अलमुताइरीले नेपाल अहिले नै फाइनल नपुगेको भन्दै समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् ।नेपालका कप्तान किरण कुमार चेम्जोङले भारत विरुद्धको खेल महत्वपूर्ण रहेको भन्दै हरेक पाइला सोच विचार गरेर चाल्नुपर्ने बताए ।

यस्तै भारतका प्रशिक्षक इगोर स्टिमेकले भारतको लक्ष्य साफ जित्नु नै रहेकोले मानसिकतामा परिवर्तन नभएको बताए । साथै उनले नेपालले राम्रो खेलिरहेको भन्दै ६ अंकका लागि लायक रहेको समेत बताए ।

पहिलो खेलमा माल्दिभ्सलाई १(० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३(२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १(१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । भारत २ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । आइतबारै घरेलु टोली माल्दिभ्सले श्रीलंकासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved