प्रदेश १ र बाग्मतिमा नेकपा एसबाट मूख्यमन्त्री बन्दै ,दुवै प्रदेशमा दुइ राजेन्द्रको संयोग

  • प्रकाशित मितिः आश्विन २१, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए । अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य भदौ १० र बागमतीमा अष्टलक्ष्मी शाक्य २ भदौमा मुख्यमन्त्री भएका थिए ।

तर ९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् ।कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।

नेताहरुका अनुसार प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने पूर्व सहमति थियो । बिहीबार त्यसलाई निरन्तरता दिने सहमति जुटेपछि कांग्रेस नेताहरुले संसदीय दलका नेता राजीव कोइरालालाई त्यो जानकारी गराएका छन् ।

बागमतीमा भने कांग्रेसले आलोपालो गर्ने र सुरुमा आफ्ना संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको थियो । तर एकीकृत समाजवादीका नेताहरु सहमत भएनन् र, पाण्डे नै मुख्यमन्त्री बन्ने भएका छन् । यद्यपि आलोपालो हुनसक्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved