माओवादीले ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

  • प्रकाशित मितिः आश्विन २०, २०७८
  • उज्यालो प्रदेश
alt

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् । पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् ।

यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved