प्रदेश १ का ३३ जना निबन्धकारहरुको व्यङ्ग्य निबन्ध संग्रह ‘मुखास्त्र’ सार्वजनिक

  • प्रकाशित मितिः आश्विन १९, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । समाजमा हुने विभिन्न विकृति–विसङ्गतिहरूलाई व्यङ्ग्य सिर्जना मार्पmत तिखो आक्रमण गरी निर्मूल पार्ने वैचारिक अभियानका व्यङ्ग्यलेखक भैरव अर्यालको स्मृति दिवसमा मंगलबार बेलबारीमा मुखास्त्र निवन्ध संग्रह सार्वजनिक गरिएको छ ।

साहित्यकार ईरानराईद्वारा सङ्कलित तथा सम्पादित प्रदेश नं.१ का ३३ जना निबन्धकारहरूको व्यङ्ग्य निबन्धहरूको संयुक्त सङ्ग्रह मुखास्त्र’ भैरव अर्यालको ४५ औँ स्मृति दिवसको अवसर पारेर बेलबारीमा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी तथा विशिष्ट अतिथि भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेले भैरव अर्यालको तस्बिरमा पुष्पार्पण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

त्यसपछि प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, विशिष्ट अतिथित्रय भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्राज्ञ तथा त्रिविका प्राध्यापक वरिष्ठ व्यङ्ग्यकार नरनाथ लुइटेल, सिस्नुपानी नेपालका अध्यक्ष वरिष्ठ हास्य–व्यङ्ग्यकार लक्ष्मण गाम्नागे, स्रष्टा समाज, बेलबारीका अध्यक्ष हर्कमान तामाङ, अन्वेशक कवि अनिल पौडेल, सशक्त लेखिका मिश्र वैजयन्ती र कार्यक्रम अध्यक्ष रेखा सुवेदीले ‘मुखास्त्र’ लाई संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।

उक्त कार्यक्रममा शिक्षा, साहित्य, सञ्चार र अभिनय–कलामार्पmत राष्ट्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने बेलबारी निवासी डम्बर बिकेललाई सम्मानपत्र, ढाकाटोपी र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

‘मुखास्त्र’ र व्यङ्ग्यलेखनबारे वरिष्ठ हास्य–व्यङ्ग्यकार लक्ष्मण गाम्नागेले आफ्नो धारणा राख्दै उहाँको चर्चित व्यङ्ग्य कविता वाचन गर्नुभयो । त्यसरी नै वरिष्ठ साहित्यकार प्राज्ञ नरनाथ लुइटेलले भैरव अर्यालका बारेमा संक्षिप्त धारणा राख्दै व्यङ्ग्यले पाठकलाई सुमार्गतिर लैजाने बताउनुभयो ।
विशिष्ट अतिथि रोचक घिमिरेले भैरव अर्यालसँग उहाँले सङ्गत गर्दाका रोचक प्रसङ्गहरूको स्मरण गर्दै भैरव स्वयम् नै धेरै पटक हाँसो र व्यङ्ग्यका पात्र बन्नुभएको बताउनुभयो । भैरव अर्यालले अरू ‘लेखक हुन चाहनेहरू’ का लागि बाध्यतावश पुस्तक लेखिदिनुभएको प्रसङ्ग पनि रोचक घिमिरे स्मरण गर्नुभयो ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले साहित्य, कला, सङ्गीतका क्षेत्रमा बेलबारी नगरपालिकाले गरेको कामको प्रशंसा गर्नुहुदै बेलबारी साहित्य प्रतिष्ठान गठन गरी प्रतिष्ठानको भवन शिलान्यास गर्ने तयारी भइरहेको भन्दै साहित्यकारहरूलाई उपस्थितिका आव्हान गर्नुभयो ।

कार्यक्रममा साहित्यकारहरू तिला लेकाली, रमेशचन्द्र अधिकारी, हरि कट्टेल र बादलदेवी चाम्लिङले रचना प्रस्तुत गर्नुभएको थियो . कार्यक्रममा साहित्यकारहरू रमेशकुमार तामाङ, मधु गुरुङ, केशव सुनाम, धनजित पराजुली, लक्ष्मी श्रेष्ठ, विनोद घिमिरे, विष्णु भण्डारी, केशु विरही, भीम लामा, कृष्ण गुरुङ ‘ऋणी’, शेखर थापामगर, शिव छाङ्छा, लक्ष्मी सुवेदी, टेकराज मगर, धिरोज श्रेष्ठ, सोनाली गुरुङ, शीतल राया, उमा सिजापति, विष्णु भण्डारी, लीलाराज राई, भीमकुमार राई, उपेन्द्र दुमी राई, अर्जुन कुलुङ राई, विकास बुढाथोकी र शिव पराजुली आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजसेवीहरू परसुराम सुवेदी, शिवप्रसाद बराल, वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, तीर्थराज सिग्देल, झमक भट्टराई, राजकुमार राई, लेक्चरर लेखबहादुर धिमाल, जगत् विश्वकर्मा, कृष्ण गुरुङ, हेमसागर ढकाल, बाबुराम चौधरी, टङ्क चम्लागाईँ, दुर्गा चम्लागाईँ, श्यामभक्त कार्की, मुना मिश्र र हरि घिमिरे आदिको पनि सहभागिता रहेको थियो ।

कार्यक्रम छावा प्रकाशन, बेलबारीकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षता तथा स्रष्टा समाज, बेलबारीका सचिव जेबी थुलुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved