साफ च्याम्पियनसिपः श्रीलङ्कालाई पराजित गर्दै नेपाली शीर्ष स्थानमा

  • प्रकाशित मितिः आश्विन १९, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको नेपालले शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।निकै प्रतिस्पर्धात्मक भएको खेलमा श्रीलंकाले सुरुआतदेखि नै नेपालमाथि दबाब राख्न खोजे पनि नेपालले बल पोजेसनमा भने सुरुआतदेखि अन्तिमसम्म नै पकड राख्यो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलको ३१औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । राष्ट्रिय टिमका लागि सुमनको यो पहिलो गोल हो । पहिलो हाफमा नेपालले अग्रता कायमै राख्‍यो ।दोस्रो हाफको सुरुमै नेपालले गोल थप्यो । ५०औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । अन्जनले रिबाउण्ड बलमा गोल गरेका हुन् ।

५६औं मिनेटमा श्रीलंकाका ह्यामिल्टनले गोल गर्दै गोल अन्तर कम पारेका थिए । त्यसपछि दुवै टिमले खेलमा गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

सन्तोष तामाङले श्रीलंकन गोलकिपर सुजन परेरासँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुष घलालनले ८३औं मिनेटमा गोल गर्दै नेपाललाई ३(१ को अग्रता दिलाए । त्यसअघि पनि उनले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । आयुषले राष्ट्रिय टिमका लागि गरेको यो पहिलो गोल हो ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाका डिलोन डे शिल्भाले गोल गर्दै गोल अन्तर घटाए पनि हार टार्न पर्याप्त भएन । शिल्भाले पेनाल्टीमा गोल गरेका हुन् ।पाँच टिमबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल असोज २४ गते भारतसँग खेल्नेछ ।

नेपालका कप्तान किरणकुमार लिम्बुले जितपछि यो नै अन्त्य नभएको र अर्को स्टेफ बाँकी रहेको बताए । आजको खेलपछि पाँच दिन विश्राम रहेकोले अबको खेलमा भारतविरुद्ध पूरा ९० मिनेट कडा फाइट गर्ने उनले बताए ।यसैगरी प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले नतिजाबाट सन्तुष्ट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved