ब्यायाममा निश्किएकी एक महिला बलात्कृत

  • प्रकाशित मितिः आश्विन १८, २०७८
  • उज्यालो प्रदेश
alt

सुनसरी । महिलाहरुमा साँझ अवेरसम्म या बिहान सवेरै ब्यायाम गर्ने बानी छ भने अब तपाईले आफ्नो सुरक्षाका लागि पनि केही सर्तकता अपनाउनु पर्ने भएको छ ।

सुनसरीमा घटेको एउटा घट्नाले असुरक्षित अवस्थामा व्यायाममा निश्कने महिलाहरुका लागि सवक मात्र सिकाएको छैन धेरैलाई सचेत पनि गराएको छ ।

घट्ना असोज १५ गतेको हो । सम्साझै इभिनिंग वकमा निश्किएकी इटहरी ८ भुर्कीकी एक महिला बलात्कृत भएकी छिन् । साँझपख ब्यायामका लागि घरबाट निश्किएकी उनीमाथी युवाहरुको समुहले सामुहिक बलात्कारसंगै लुटपाट गरिएको घट्ना सार्वजनिक भएको हो ।

घट्नानुसार ३० वर्षीया महिलामाथि ६ जनाको समुहले सामूहिक बलात्कार पछि उनले लगाएको सिक्री समेत लुटेर गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार सामूहिक बलात्कार पछि महिलाले लगाएकी दुई तोला चार आनाको सुनको सिक्री र तीन हजार रुपैयाँसमेत लुटपाट गरेको बताइएको छ ।

घटना पछि पिडित महिलाले दिएको जाहेरीका आधारमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको र अन्यको खोजी गरिरहेको छ । घटनामा संलग्न अधिकांस १८ वर्षभन्दा कम उमेरका नाबालिग व्यक्तिहरु रहेको एसपी थापाले बताए । अभियुक्तहरुमध्येका एकजना इटहरी १४ का सुनिल चौधरीलाई मात्र प्रहरीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved