पोल भाडामा लिइएर पैसा नतिर्ने इ्न्टरनेट केवलको तार काटियो

  • प्रकाशित मितिः आश्विन १६, २०७८
  • उज्यालो प्रदेश
alt

विराटनगर । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले शनिबार तीन स्थानको तार काटेको छ ।

प्राधिकरणसंग विधुत पोलमा केवल तथा नेटका तार विस्तार गर्न भाडामा लिई सम्झौता अनुसारको रकम नदिएको जनाउदै विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए ।

विराटनगर महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ र ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि पोलमा बिच्छयाइएको तार काटेको हो ।

इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित भएका छन् ।बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशासकहरुबीच विवाद छ ।प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले तिरेका छैनन् ।

विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रशारकहरुसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेका छन् । ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन् ।आर्थिक वर्ष २०७७÷७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता असुल गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved