रहेनन् उत्तरी मोरंगका चिया उद्यमी राई

  • प्रकाशित मितिः आश्विन १४, २०७८
  • उज्यालो प्रदेश
alt

केराबारी । मोरंग जिल्लाकै पहिलो चिया बगान सुरु गरेर सिंहदेवीलाई पर्यटकिय क्षेत्रको रुपमा अगाडी वढाउँने केराबारी २ सिंहदेवीका अगुवा कृषक नारायण राईको विहिबार निधन भएको छ ।

कोरोना उपचार गरेर नतिजा नेगेटिभ आएको केहि समयपछि हृदयघातको कारण राईको मृत्यु भएको स्थानीय शिक्षक राजु खड्काले वताए । उनको शुक्रबार किरात धार्मिक परम्परा अनुसार सिंहदेवीमा दाहसंस्कार गरिएको छ ।

५७ वर्षका राईले २०५६ सालमा उत्तरी मोरङमै पहिलोपटक मातृभूमि टि–स्टेट प्रालिमार्फत चिया खेती सुरु गरेका थिए । अर्गानिक चिया उत्पादन गर्ने, आफै प्रशोधन गर्ने र विदेश निर्याप्त गर्ने राईले उत्तरी मोरङमा पहिलोपटक चिया खेती सुरु गरेका थिए । भारत, चीन लगायत युरोप अमेरिकामा राईको चिया निर्यात हुने गथ्र्यो ।

उनले जिल्ला कृषि विकास कार्यालय मोरङबाट २०७१ सालमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार पाएका थिए । २०७२ मा विराटनगरमा भएको नवौँ प्रांगारिक कृषि मेलामा समेत प्रथम भएका थिए राई । यस्तै २०७३ सालमा विराटनगरमै भएको खाद्य मेलाको प्रथम विजेता समेत उनै थिए । समुन्द्र सतहबाट १७ सय मिटरको उचाहिमा उत्पादन हुने उनको चियाको आफ्नै ब्रान्ड छ । अर्गानिक तथा ग्रीन टिका पारखी तथा उत्पादकहरु उनको बगान क्षेत्रमा नियमित पुग्ने गर्थे ।

राईको निधनले उत्तरी मोरङको चिया, कृषि र पर्यटनको क्षेत्रमा ठूलो घाटा भएको र सिंहदेवीले एक असल र कर्मठ लगनशिल व्यक्तित्व गुमाएको वुद्धिजीविहरुले बताएका छन् ।

सिंहदेवीमा करोडौं लगानी गरी मातृभूमि टिस्टेड कम्पनी दर्ता गरी चिया उत्पादन गर्दै आउनुभएका राइको अग्र्यानिक चिया नेपाल सहित विभिन्न देशमा खपत हुदै आएको थियो । उनको निधनसंगै उत्तरी मोरंग यतिबेला शोकमग्न बनेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved