नेपाली कांग्रेस बेलबारीमा कोईराला पक्षको उम्मेद्धारी घोषणा

  • प्रकाशित मितिः आश्विन १४, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी । नेपाली कांग्रेस बेलबारी नगरसमिति सभापतिका लागि छत्र लिम्बुले उमेद्वारी घोषणा गरेका छन् । कांग्रेसको भातृ संगठन नेपाल तरुण दल क्षेत्रिय सभापति रहेका लिम्बुले यहि असोज १६ गते हुन लागेको नगर अधिवेसनमा सभापतिका लागि चुनाव लड्ने घोषणा गरेका हुन् ।बेलबारी १ स्थित कांग्रेसको पार्टी कार्यालयमा विहिबार पत्रकार सम्मेलन गर्दै लिम्बु नेतृत्वको समुहले उमेद्वारी घोषणा गरेको हो । कांगे्रस भित्रको कोइराला समुहबाट चुनावी प्रतिष्पर्धा गर्न लागेको सो समुहबाट उपसभापतिमा नितु थापा कोइराला र प्रकास चौधरी, सचिवमा कुलप्रसाद बराल र सन्तोस भट्टराई, सहसचिवमा बद्री विष्ट र मनिल मोतेले उमेद्वारी दिने भएका हुन् । यो सँगै अब काग्रेस बेलबारीको सभापतिमा शम्भु भट्टराई र लिम्बुविच प्रतिष्पर्धा हुने भएको छ । यसअघि राजेश खत्रीले सभापतिमा उमेद्वारी दिने बताएको भएपनि अहिले उनी पछि हटेका छन् । खत्रीले पनि लिम्बुलाई नै सभापतिमा समर्थन गर्ने र सघाउने भन्दै उमेद्वारी नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved