कोरोना बीमाको भुक्तानी बारे विकल्प खोज्न अर्थमन्त्रीद्वारा निर्देशन

  • प्रकाशित मितिः आश्विन १३, २०७८
  • उज्यालो प्रदेश
alt

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा समाधान गर्न निर्देशन दिएका छन् ।

बुधवार मन्त्री शर्माले बीमासमितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन् ।

अर्थमन्त्री शर्माले उक्त विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न पनि बीमा समितिलाई भनेका छन् । विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासा गर्न दबाब बढेपछि मन्त्री शर्माले छलफल गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved