एमाले र लिम्बुवानका ११८ जना माओवादीमा प्रवेश

  • प्रकाशित मितिः आश्विन १३, २०७८
  • उज्यालो प्रदेश
alt

बेलबारी। नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय नगर कमिटी घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा समेत पाएको छ ।

आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिकास्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । यस्तै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ । सोही विस्तारित बैठकको अवसरमा संघीय लिम्बुवान मञ्च वडा नम्बर ६ का उपाध्यक्ष सुमन लिम्बूको नेतृत्वमा सो पार्टीका ७० जना युवा एकीकृत माओवादीमा समाहित भएका छन् ।

यस्तै एमालेका ४८ जना सक्रिय सदस्यहरु माओवादीमा प्रवेश गरेको संयोजक राजवंशीले जानकारी दिए ।कानेपोखरी वडा नम्बर २ मैनावरीबाट पर्मिला मगर, अनिता हेमरन र प्रकाश धिमालको नेतृत्वमा सो संख्यामा एमालेका कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोरङ इन्चार्ज गोपी अछामी, सहइन्चार्ज कुशल लिम्बू, संयोजक गणेश उप्रेती, प्रदेश सदस्य दीपक भट्टराई, लालबहादुर सुस्लिङ मगर(सबिन), नेतृ गीता तिम्सिना लगायतले स्वागत गरेका थिए ।

यस्तै विस्तारित बैठकमा कानेपोखरी माअ‍ोवादीका इन्चार्ज राजेन्द्र मण्डल, सह इन्चार्ज अम्बिका अर्याल, प्रदेश सल्लाहकार सदस्य दोय खुल्लु राजबंशी, सूर्य धिमाल, वाइसिएल मोरङ जिल्ला सचिव नबिन गुरुङलगायतको उपस्थिति थियो

 

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved