गैंडा तस्करीको आरोपमा एकै घरका तीन सहित ८ पक्राउ

  • प्रकाशित मितिः आश्विन १२, २०७८
  • उज्यालो प्रदेश
alt

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर तस्करी गरेको आरोपमा एकै घरका तीन सहित आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गैंडा तस्करमा संलग्न १७ मध्ये ८ जनालाई पक्राउ गरेको हो।अझै ९ जना फरार रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

मकवानपुरको मनहरी गाउँपालिका–४, मसिने टोंग्राङ खोलाका ३० वर्षीय जयबहादुर प्रजा, ३६ वर्षीय सिंहराम प्रजा र सुरेश प्रजा रहेका छन्। उनीहरुले गत साउन साउन ३२ देखि भदौ १० गतेसम्म गैंडा मारेर खाग बिक्री गरेका निकुञ्जको आरोप छ।

त्यस्तै निकुञ्जले नवलपुरको गैंडाकोट–१ का ३२ वर्षीय गोपाल सारु, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका ९ का २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरी–४ नयाँबस्ती बस्ने २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङलाई पक्राउ गरेका छन्।

उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा २ वटा मुद्धा दायर गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जले यही वर्ष गैंडाको चोरीतस्करी मुद्धामा १४ जना पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ की फरार सांसदलाई पक्रन प्रहरी सक्रिय

इटहरीः सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेकी प्रदेश १ की नेकपा एमाले तर्फकी प्रदेशसभा सदस्य गुलेफुन खातुन मियाँलाई गिरफ्तार गर्न प्रहरीले सक ...

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको ...

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved