मोरङ र सुनसरी सहित यी नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा

  • प्रकाशित मितिः आश्विन १०, २०७८
  • उज्यालो प्रदेश
alt

मोरङ । प्रदेश १को झापा, मोरङ, सुनसरी सहितका नौ ओटा जिल्लाहरु कोरोना संक्रमणको रेड जोनमा रहेको पाइएको छ ।

मन्त्रालयका अनुसार ५०० भन्दा बढी कोरोना संक्रमित रहेको अन्य जिल्लाहरुमा मकवानपुर, कास्की र रुपन्देही पनि समेटिएका छन् । यस वाहेक २०० भन्दा वढी सक्रिय सक्रमित भएका जिल्लाहरुमा धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, नुवाकोट चितवन, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, गोरखा, स्याङजा, तनहुँ, पर्वत, दाङ, बाँके, पाल्पा, सुर्खेत र कैलाली सहितका २० जिल्ला रहेका छन् भने यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमित २०० भन्दा कम छन् ।

गत २४ घण्टामा नेपालमा १३ हजार ७३६जनाको परीक्षण गर्दा ८३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार २७९ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार १४७ परीक्षण गर्दा १०४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जल्लामा सक्रिय संक्रमितको संख्या चार हजार ५५८ छ ।

प्रतिक्रिया दिनुहोस

बाइकको ठक्करबाट एक महिलाको मृत्यु

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५० वर्षीय अम्बिका ढकाल रहेको ईलाका प्रहरी कार ...

कांग्रेस र एमालेद्धारा आज प्रदेश १ को बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेस र एमालेले आज ९आइतबार० बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्।बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएक ...

बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको भ्रमणमा आउँदै प्रधानमन्त्री

काठमाडौं । बेमौसमी वर्षादका कारण बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज पूर्वी नेपालको विभिन्न जिल्लाको निरीक्षण ...

उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

Copyright © 2018 / 2021 - Ujyaalopradesh.com All rights reserved